×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २५५.५७% ले वृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४ करोड ८ लाख २४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २५५.५७% ले धेरै हो । गत वर्ष संस्थाले यसै अवधिमा भने १ करोड १४ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १३९.१६% र २३६.१४%ले वृद्धि भएको छ । गत वर्ष ३ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको संस्थाले यस त्रैमासमा ९ करोड ५० लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । साथै सञ्चालन नाफा पनि ६ करोड ६ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारणले गर्दा खुद नाफा वृद्धि भएको देखिन्छ। 
संस्थाले ७१ करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८३ करोड ८२ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यस संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ भने जगेडा कोषमा २३.२९% को वृद्धि भएर ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यसको खराब कर्जा ०.४७% मा सिमित छ । संस्थाको प्रति सेयर आम्दानी ३३ रुपैयाँ ३५ पैसाले बढेर ४९ रुपैयाँ २८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: