घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५९ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५९ हजार ७ सय मुल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँबाट घटेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Tuesday, April 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal