×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । संस्थाले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति प्राप्त गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा रहेको छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । कम्पनीले २२ वटा शाखा कार्यालयबाट वित्तीय सेवा पुर्याउँदै आएको छ ।
यसको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: