हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : बुधबार, चैत २० गते
कित्ता : १४ लाख ८५ हजार कित्ता सेयर
भर्ने अन्तिम म्याद : आज (सोमबार, चैत २५ गते)
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार ५०० कित्ता

विवरण : 
हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपिओभर्ने आज अन्तिम दिन रहेको छ । यस आइपीओमा सोमबार बिहान १० बजेसम्ममा ४१ लाख ६७ हजार ९ कित्ताका लागि आवेदन परिसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कुल ५७ हजार २ १३ जनाले ४१ करोड ६७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर भरिसकेका छन् । माग भन्दा ३.०६ गुणा बढी आवेदन परिसकेको देखिन्छ ।
कम्पनीले खुल्ला गरेको कुल आइपिओमध्ये ३% अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको सेयर सर्वसाधारणलाई रहेको छ ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

आवेदन दिने ठाउँ :
नबिल इन्भेष्टमेन्ट बैंकिङ, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि 
प्रकाशित : Monday, April 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal