हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपीओ मंगलबार बाँडफाँट हुँदै

काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपीओ बाँडफाँट हुने भएको छ ।  प्राप्त जानकारी अनुसार कम्पनीले वैशाख ३ गते आइपीओ बाँडफाँट गर्ने भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् । 

यसमा माग भन्दा ३.७८ गुणा बढी आवेदन परेको छ। लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने भएको छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३% कर्मचारीलाई र ५% सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
प्रकाशित मिति : Friday, April 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal