×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सान्जेन जलविद्युतको ५४ लाख ७५ हजार कित्ता आइपिओ शुक्रबारदेखि आउँदै, न्यूनतम १० कित्ता भर्न मिल्ने

आइपिओ नोटिस :
कम्पनी : सान्जेन जलविद्युत कम्पनी 
खुला भएको मिति : शुक्रबार (वैशाख ६ गते)
भर्ने अन्तिम मिति :  वैशाख १० गते
कित्ता : ५४ लाख ७५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता
विवरण : 
सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता आइपिओ शुक्रबारदेखि खुल्ला हुने भएको छ । खुल्ला भएको आइपिओमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
यस आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :

जारी पुँजी : ३ अर्ब ६५ करोड रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : ३ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: