×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङमा ‘ग्याप’ भएकादेखि, बहालवाला बैंकरसम्मको इक्षा ‘जनता बैंकको डेपुटी सीइओ’ ! हुन कस-कसले दिए आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  – जनता बैंकका ३ जना डेपुटी सीइओले एकैपटक बैंक छोडेपछि जनता बैंकले डेपुटी सीइओ चुन्ने प्रक्रिया सुरु गरेको छ । २ वर्षमा हालका सीइओ परशुराम कुँवरले बैंक छोड्ने भएकाले पनि ‘नेक्स्ट सीइओ’ बन्नका लागि जनतामा चलेका बैंकरहरुको पनि दौडधुप बढेको छ । 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार जनता बैंकको नयाँ डेपुटी सिइओ बन्ने लाइनमा विमल डागा, पुष्प भण्डारी, सुजित शाक्य र सुनिल पोखरेल छन् । उनीहरुको अन्तर्वार्तासमेत भइसकेको छ । विमल एनआइसी एसिया बैंकका डिजिएम थिए थिए भने सुजित सिभिल बैंकमा डिजिएम छन् । कुमारीका उमेशसिंह भण्डारीले पनि आवेदन दिएका थिए।
हाल नबिल बैंकमा इन्टरनल अडिट हेड रहेका दीपक श्रेष्ठ पनि जनता बैंकको डेपुटी सीइओ बन्ने दौडमा थिए । तर बैंकले अन्तर्वार्ता गरेर निकै मुल्यांकन गर्ने भएपछी उनी यो दौडबाट बाहिरिएका थिए । यसअघि माछापुछ्रे बैंकमा सीइओ रहेका निरज श्रेष्ठले पनि जनताको डेपुटी हुने इक्षा देखाएको भएपनि उनी पछी यो प्रक्रियामा सहभागी नै भएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: