×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा, मन्त्री झपटबहादुर बोहोराद्वारा उद्घाटन

 बलिया

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । बुधबार आज एक समारोहका बीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए ।
कार्यक्रममा लम्कीचुहा नपा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ ।
शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । १ हजार जनाभन्दा बढीको आँखा परिक्षण गरिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: