×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : रिहाइका लागि महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौँ -विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । 
महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने । 
भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।

यो पनि हेर्नुहोस् :

#पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : साइबर क्राइमको ‘सरकारी रबैया’विरुद्ध पत्रकारहरु सडकमा (फोटोफिचर)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: