बैंक अफ काठमाडौँको नयाँ स्किम, नयाँ बचतकर्ताले ज्योति लाईफ इन्स्योरेन्सको बीमा सेवा निशुल्क प्राप्त गर्ने


काठमाडौँ - बैंक अफ काठमाण्डौले सञ्चालकमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डौ विच सम्झौता भएको छ ।

उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ वापतको रकम भुक्तानी गरिनेछ ।

सम्झौताबाट बैंक अफ काठमाण्डौका उल्लेखित बचत योजनाका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निशुल्क प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : Monday, April 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal