×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति लाईफ इन्स्योरेन्स र सुमेरु अस्पतालबीच सम्झौता, इन्स्योरेन्सका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्सले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । कम्पनीले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौता गरेको हो ।
सम्झौतापत्रमा ज्योतिलाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ । र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: