×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका लघुवित्तले गर्यो सामान्य प्रगति, खुद नाफा ४.१५%ले वृद्धि

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २ करोड ४९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४.१५% धेरै हो । गत वर्ष यहि अवधिमा संस्थाले १ करोड ९२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कालिकाले खुद ब्याज आम्दानी ३९.७२% बढोत्तरी गरेर ९ करोड ४९ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस कम्पनीले ६ करोड ७९ लाख ८६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा भने घटेको छ । गत वर्ष २ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष घटेर १ करोड ४० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । 
संस्थाले ६७ करोड २३ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ७६ करोड ५५ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ६ करोड ७० लाख ७ हजार रुपैयाँ जम्मा छ । 
संस्थाको खराब कर्जा १.२८% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ०४ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: