कामना सेवा विकास बैंकले गर्यो ९.५०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं - कामना सेवा विकास बैंकले ९.५०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति २६८ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १.५०% बोनस सेयर र ८% नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि यसको चुक्ता पुँजी २ अर्ब ५३ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal