कामना सेवाकोे नयाँ शाखा सिराहाको मिर्चैयामा, शाखा सञ्जाल ८३ पुग्यो

 मिर्चैया
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको जानकारी दिए ।
प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal