कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने

काठमाडौँ - कामना सेवा विकास बैंक र साहारा हस्पिटल पोखराबीच विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङका प्रमुख सुवास भट्टराई र हस्पिटलको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Monday, April 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal