×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्मचारीलाई ‘टर्चर’ दिने कन्काई बिकास बैंकको अनौठो ‘फन्डा’, राष्ट्र बैंकमा उजुरी गर्दा करियर सिध्याईदिने धम्की ! (प्रमाणसहित)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  बैंकले जागिर छोड्ने बेलामा कर्मचारीबाट रकम असुलेको खबर अहिले चर्चामा छ । विभिन्न बैंकहरुमा भएको यस्तो घटनाबारे अर्थ सरोकार डटकमले निरन्तर समाचार लेखेपछि यस विषयमा धेरै बैंकहरु पनि संयमित हुन थालेका छन् । तर कन्काई बिकास बैंकले भने आफ्ना कर्मचारीलाई ‘टर्चर’ दिने नयाँ आइडिया निकालेको छ । पैसा काटेको आरोप लागे जवाफ पनि हुने, र कर्मचारीलाई थप टर्चर पनि दिनेगरी बैंकले जागिर छोड्ने बेलामा कर्मचारीलाई चेकमा केहि रकम राखी त्यसमा हस्ताक्षर गर्न लगाएर चेक आफुले राख्ने गरेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । जसका कारण बैंकमा रकम होल्ड भएको छ ।     
प्रतिनिधि एउटा घटना र प्रमाण :
सरिता (नाम परिवर्तन)ले कन्काई बिकास बैंकमा २०७३ साल माघ २३ गते बैंकको नियुक्ति लिइन् । मासिक पारिश्रमिक १० हजार रुपैयाँ मात्र र बैंक पनि खासै गतिलो बैंकमा जागिर नभएपनि करियरमा केहि बढावा नै हुन्छ भन्ने हिसावले जागिर खाइन् उनले । २०७५ असोज १ गते देखि जागिर थाई पनि भयो । जसका लागि नै उनले ठुलो मेहेनत गर्नुपरेको थियो । तर खास राम्रो ब्राण्ड नभएको बैंकको जागिर, त्योमाथि निकै कम तलव, कामको पेलानले स्वास्थ्यमा समस्या हुँदै थियो भने करियरका अरु पाटाहरु पनि खोज्नुपर्ने थियो । र आफ्नो व्यक्तिगत कारणले उनले जागिर छोड्ने निर्णय गरिन् । तर बैंकको जागिर छोड्दा उनले नमिठो अनुभव भोग्नु पर्यो । किनकि उनले जागिर छोड्ने बेलामा रकम लेखिएको चेक बैंकलाई दिनुपर्यो, जुन पैसा निकाल्न मिलेन । उक्त रकम निकालेर बैंक खाता खाली गर्ने बित्तिकै बैंकले चेक बाउन्स गरिदिने धम्कीका कारण पुलिस केस पर्ने डरले उक्त रकम कसैले झिक्ने आँट पनि गरेनन् र गरेका छैनन् पनि ।  यति नगरी बैंकले रिलिज पत्र नै नदिएको देखिन्छ ।  
हेर्नुहोस् बैंकले कर्मचारीलाइ तलव काटेर आफ्नै खातामा हालेको प्रमाण :
हेर्नुहोस् कर्मचारीको थाई नियुक्ति । 
बैंकको खातामा पैसा हालिदिएपछि कर्मचारीलाई दिइएको रिलिज पत्र 



के छ राष्ट्र बैंकको नियम ?

नेपाल राष्ट्र बैंकले जारी गरेको नियममा १ महिनाको पूर्व सूचना विना कर्मचारीले राजिनामा दिएमा एक महिनाको तलव कट्टा हुने व्यवस्था छ । अझ उक्त नियममा सीइओले चाहेमा यो बाध्यकारी नियम होइन भन्ने पनि उल्लेख गरिएको छ । तर बैंकले त अचम्मको आइडिया लगाएर कर्मचारीलाई टर्चर दिएको देखिन्छ । 
के भन्छ बैंक ?
यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी तथा बैंकका डेपुटी सीइओ रविन्द्र अर्याललाई फोन गरेका थियौं । हामीसंगको कुराकानीमा उनले यसरी काटिएको रकम बैंकको खातामा नभई सम्बन्धित कर्मचारीकै खातामा रहेको दावी गरेका छन् । ‘अनि चेक काटेर आफुसँग किन राखेको ?’ भन्ने विषयको उत्तर नै थिएन उनीसँग । उनले काटिएको रकम बैंकले आम्दानी बुक नगर्ने बताउंदै केहि भइपरि आउला भनेर त्यसो गरिएको दावी गरे । हामीले थप कुराकानी गर्दै गर्दा नेपाल राष्ट्र बैंकमा यस विषयमा उजुरी परेको विषय पनि खोतल्यौं । हामीसँगको कुराकानीमा अर्यालले आफ्नो बैंकविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको र राष्ट्र बैंकले आफुहरुलाई विभिन्न डकुमेन्ट मगाएकोसमेत स्वीकारेका छन् । ‘हामीलाई राष्ट्र बैंकबाट यस विषयमा खबर आएको हो । राष्ट्र बैंक नै पुगेको केस हुनाले यो केसमा थप के आउँछ, त्यहि अनुसार हुन्छ ।’ उनले भने । राष्ट्र बैंकमा उजुरी गरेकोबारे कर्मचारीलाई धम्की दिएको भने उनले स्वीकारेनन् । ‘बैंक छोडेका भाइबहिनीहरुले भनेको कुरा यसरी पत्याउनु भएन । त्यस्तो होइन ।’ उनले भने । तर बैंकले यसरी रकम लेखेको चेक बैंकमा राख्नुभित्रको नियत नै गलत भएको देखिन्छ । यसले कर्मचारीहरुलाईसमेत टर्चर दिएको छ । ‘पैसा निकालौं, चेक बाउन्स भनेर केस गरिदिएला, नानिकालौं, आफ्नो पैसा होल्ड भयो। ‘ कर्मचारीको गुनासो छ ।   यता नेपाल राष्ट्र बैंकमा उजुरी गरेपछि बैंकका जिम्मेवार अधिकारीले नै करियर सिध्याइदिने धम्की दिएको पीडीतहरुको गुनासो छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: