बालुवाटारको जग्गा ब्यक्तिको नाममा हत्याउने डाक्टर सापले कुमारी बैंक छोडे, सञ्चालक पदबाट राजीनामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सरकारी जग्गा ब्यक्तिका नाममा हत्याउन ठुलो भूमिका खेलेको आरोप लागेका डाक्टर सापले कुमारी बैंकको संचालक पद छोडेका छन् । बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित डा. शोभाकान्त ढकालले कुमारी बैंकको संचालक समितिको सदस्यको पदबाट राजिनामा दिएका हुन् ।

सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकका प्रतिनिधित्व गरेका उनी जग्गा काण्डमा फसेपछि बैंकबाटै उनको राजीनामा माग भएको थियो । बालुवाटारको जग्गा नेकपाका महासचिव विष्णु पौडेललाई किनाउनेमा मुख्य डिजाइनर रहेको भन्दै नाम अगाडी आएका ढकाललाई राजीनामा गराउने विषयमा छलफल भएपछी उनले राजीनामा दिएको बुझिएको छ ।
प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal