×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ८६.२६% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ८६.२६% वृद्धि भएको छ। गत वर्ष १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा बैंकले अहिले ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ कमाएको छ । 
बैंकको खुद ब्याज आम्दानी ३७.०१% ले बढेर ७३ करोड २४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि १८ करोड ३४ लाख ९३ हजार रुपैयाँबाट बढेर ४९ करोड २१ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १६८.१९% ले बढी हो । 
बैंकले २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ जम्मा पारिसकेको छ । 
बैंकले यो तेश्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी २० रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: