×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा इन्टरनेशनल गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुई दिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । 
खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो अवसरमा उत्कृष्ट अर्थात सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए । 
वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा क्ष्क्इ अभचतषष्भम मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने उनले बताए, यो टुर्नामेन्ट कम्पनीको दोश्रो संष्करण हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: