माछापुच्छ्रे बैंकले शुरु गर्यो रेमिट्याप एप, १० हजार ठाउँबाट रकम भुक्तानी

काठमाडौं - माछापुच्छ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुभारम्भ भएको छ ।

अब रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले धेरै सुविधाहरु भएको रेमिट्यापले वालेटबाट वालेटमा रकम स्थान्तरणका साथै कुनै पनि बैंकमा रकम स्थानान्तरण गर्ने सुविधा पदान गर्ने बताए ।
प्रकाशित : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal