×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकले ल्यायो ‘एक व्यक्ति एक खाता योजना’, यस्ता छन् सुविधाहरु

काठमाडौँ – माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।
कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।५% आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: