×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकका पीडीत नम्बर २ : भन्छन्,’मलाई बैंकले मर्नु न बाँच्नु बनायो, मिलेमतोको आशंका छ’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- माछापुच्छ्रे बैंकका पीडीतहरु आफ्नो गुनासो बोकेर अर्थ सरोकारको सम्पर्कमा आउन थालेका छन् ।माछापुच्छ्रे बैंक लिमिटेडले आफुलाई करोडपतिबाट कंगाल बनाएको भन्दै सार्वजनिक रूपमै गुनासो पोखेका पोखाराका व्यवसायी अर्जुन पौडेलको दुखेसो र त्यसमा बैंकको धारणा अर्थ सरोकार डटकमले प्रस्तुत गरेपछि आफुलाई पनि माछापुच्छ्रे बैंकले दुःख दिएको भन्दै विभिन्न व्यक्तिहरु अर्थ सरोकारको सम्पर्कमा आउन थालेका हुन् ।
यहि बीचमा आफुलाई बैंकले मर्नु न बाँच्नु बनाएको भन्दै सम्पर्कमा आएका छन् पोखराका मोहम्मद कलिम मियाँ । आफ्नो व्यापार राम्रो हुँदा बोलाइ बोलाइ ऋण दिने बैंकले केहि किस्ता बुझाउन नसक्दैमा आफ्नो सम्पत्ति लिलाम गरिदिएको बताउँछन् उनी । 
अझ बैंकले आफैंले गरेको भ्यालुएसनभन्दा पनि कम मूल्यमा आफैंले धितो सकार्न खोजेकोमा उनको आपत्ति छ । केहि समय देउ ऋण तिर्छु भन्दा एकोहोरो बैंकले पेलिमात्र रहनु र आफैंले भ्यालुएसन गरेभन्दा पनि कम मूल्यमा धितो सकार्न खोज्नुले कतै बैंकभित्र यसरी राम्रा घर-जग्गाहरु आफैं सकारेर आफ्नाहरुलाई बेच्ने गिरोह त सक्रिय छैन ? भन्ने उनको आशंका छ । र यो आशंका उनीमात्र होइन, अर्जुन पौडेलको जग्गा प्रकरणदेखि मियाँको घर लिलाम प्रकरणसम्म आइपुग्दा धेरै जनालाई यस्तै शंका हुन थालेको छ ।
यो पनि पढ्नुहोस्

यता बैंकका डेपुटी सीइओ सन्तोष कोइराला भने ऋणीको धितो सकार्ने वा घरजग्गा खाइदिने नियत बैंकसँग नहुने तर्क गर्छन् । तर मियाँको घर लिलाम प्रकरणमा ऋण दिनेबेलामा अंशियारको मन्जुरीनामासमेत नलिएको भनाइ छ मियाँको । यसले बैंक ऋण दिने बेलामा कति हतार गरिरहेको थियो र केहि किस्ता बिग्रिने बित्तिकै बैंक धितो सकार्न त्यो पनि आफ्नै भ्यालुएसनभन्दा कम मूल्यमा धितो सकार्न कति हतार गरिरहेको छ भन्ने पनि देखिन्छ । यसले नेपालको समग्र बैंकिङ कता जाँदैछ भन्ने त प्रश्न उठेको छ नै, अर्कोतर्फ माछापुच्छ्रे बैंकमै किन यस्ता काण्डहरु बारम्बार दोहोरिरहेका छन् भन्ने तथ्य शंकाको घेरामा परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: