×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘करोडौँको सम्पत्ति थियो, महालक्ष्मी बैंकका कारण अहिले भात खान साथीभाइसँग सय-पचास माग्छु’ (भिडियो)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ- कमलमान गुभाजु । पोखराका कुनै बेलाका चलेका सुन व्यापारी । करोडौंको सम्पत्ति भएका उनी अहिले साथी-भाइसँग सय पचास मागेर काठमाडौँ आएका छन् । आफुले किनेको एक जग्गा किर्ते भएको पाइएपछि उनले ठुलै मुद्धा मामिलाको झन्झट व्यहोर्नुपरेको उनको भनाइ छ । झन्झटमात्र होइन, त्यहि प्रकरणपछि आफ्नो करोडौंको सम्पत्ति बैंकले कौडीको भाउमा कसैलाई बेचिदिएर आफुलाई रोडमा पुर्याएको उनको आरोप छ । आफु ठगिएको भएपनि न्याय नपाएको भन्दै अर्थ सरोकारको कार्यालयमा आइपुगेका उनले यसरी स-विस्तार आफ्नो कहानी सुनाए । 
यता बैंकका सीइओ कृष्ण राज लामिछाने भने बैंकले कानुनी रुपमा नै गुभाजुको जग्गा लिलाम गरिदिएको बताउँछन् । बाहिर जति रोहि कराई गरेपनि बैंक कानुनी रुपमा कतै पनि नचुकेको उनको तर्क छ । बैंकका सीइओ कृष्ण राज लामिछानेले बैंकको कुनै पनि दोष नभएको दावी गरे पनि कतिपय ठाउँमा बैंककै कमजोरी देखिन्छ ।

१. यो प्रकरणमा भ्यालुएटरको विषयमा बैंकको कमजोरी देखिन्छ । भ्यालुएटरले सम्पत्ति भन्दा सयौं गुणा बढी भ्यालुएसन गरेको स्वयम् बैंकले स्वीकारिरहेको छ । र यता ऋणी भनिरहेका छन्, ‘ त्यो बैंकको भ्यालुएटर नै होइन रहेछ भने हाम्रो ऋण कसरी स्वीकृत भयो त ?’ यो भ्यालुएसनमा बैंकले किन सावधानी अपनाएन ? कतै भ्यालुएसनमै मिलेमतो त भएन ? 
२. बैंकले आफैंले भ्यालुएसन गरेको जग्गा किर्ते प्रमाणित भएको छ । के बैंकको जनशक्तिले यो जग्गा किर्ते हो वा होइन भन्ने कुरा हेरेन ? वा हेर्न चाहेन ? 
यो प्रकरणमा मुक्तिनाथ बिकास बैंक पनि फ्रड देखिएको छ । मुक्तिनाथ बिकास बैंकमा धितो बन्धक फुकुवा भएको जग्गा किनेका छन् गुभाजुले । त्यही जग्गा किर्ते परेको भन्दै उनले ठुलै हण्डर पनि सहनु पर्यो । के मुक्तिनाथ बिकास बैंकले जग्गाको भ्यालुएसन गर्दा मुक्तिनाथसँग राय माग्न आवश्यक ठानेन ? बैंकको कमजोरी यहाँ पनि छ ।
यता आफुलाई मुक्तिनाथ बिकास बैंकले ठगेको र आफुलाई रोडमा पुर्याएको भन्दै कमलमान गुभाजु बैंकलाई ठगीको आरोप लगाईरहेका छन् भने बैंकले यसमा बैंक कानुनी रुपमा कतै पनि तल नपरेको बताईरहेको छ । गुभाजु सीइओले आफुलाई भेट्न नै नदिएको गुनासो पोखिरहेका छन् भने यता बैंकका सीइओ लामिछाने गुभाजुले फट्याई कुरा गरिरहेको दावी गरिरहेका छन् । 
गुभाजु भनिरहेका छन्, छानविन होस्, हामी ब्याज तिर्न तयार छौं, हाम्रो सम्पत्ति फिर्ता हुनुपर्यो । तर यता सीइओ भनिरहेका छन्, अव बैंकसँग केहि पनि छैन, बैंकले गर्न सक्ने कुरा केहि छैन । गुभाजु भनिरहेका छन् बैंकले गर्दा मेरी आमाको समेत निधन भयो । तर बैंक भनिरहेको छ, सबै कुरा कानुन: त गरिएको छ । बैंक कानुनी रुपमा माथि छ ।
यसो त यो प्रकरण नेपाल राष्ट्र बैंकसम्म पनि पुगेको छ । गुभाजुले आफु ठगिएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् भने बैंकले पनि आफ्नो तर्फबाट केहि पनि गल्ती नरहेको र सबै काम प्रक्रियामै गरेको भन्दै राष्ट्र बैंकमा जवाफ पठाएको छ । र बैंकले थप ऋण असुलीका लागि ऋण असुली केन्द्रमा मुद्धासमेत हालेको छ । 
नेपाल राष्ट्र बैंकमा यो प्रकरण पुगीसकेकाले अव नियामक राष्ट्र बैंकले यस विषयलाई पक्कै पनि गम्भीर भएर हेर्ला । राष्ट्र बैंकले नहेरेको खण्डमा सीआइबी र अदालतको बाटो पनि खाली छ गुभाजुका लागि । तर पछिल्लो समय दिनहुँजसो देखिन थालेका बैंक पीडीत, र बैंकका अस्वाभाविक केहि कमजोरीले भने अव नियामक नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र ऋणी तथा ग्राहक पनि यस्ता विषयमा सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: