मञ्जुश्री फाइनान्सको खुद नाफा २६.२०% ले गिरावट, यस्तो छ घट्नुका कारण


काठमाडौं - मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ४ करोड ३ लाख ५१ हजार रुपैयाँमा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा २६.२०% ले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ कमाएको थियो ।

फाइनान्सले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६३.०७% र ५.९९% ले बढेको छ । फाइनान्सले खुद ब्याज आम्दानी १८ करोड ९४ लाख ४९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ करोड ३४ लाख ८ हजार रुपैयाँ पुगेको हो । तर यसपालि गैर सञ्चालन आम्दानी नहुँदा खुद नाफामा गिरावट देखिएको हो ।

फाइनान्सले तेस्रो त्रैमाससम्म ६ अर्ब ५४ करोड ७६ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६१ करोड ८२ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ र जगेडा कोषमा १४ करोड ६४ लाख ७८ हजार रुपैयाँ रहेको छ । यो गत बर्सको तुलनामा ३.८८% ले कम हो । 

यो फाइनान्सको खराब कर्जा २.९६% रहेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २२ पैसा छ ।
प्रकाशित मिति : Friday, April 26, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal