×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा ६९.५० % ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३ करोड ५९ लाख ५८ हजार  कमाएको छ । यो नाफा गत वर्ष तुलनामा ६९.५० % ले धेरै हो । संस्थाले गत वर्ष २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
]
संस्थाले खुद ब्याज आम्दानी ४९.०१% ले बढाएर ८ करोड ८३ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ५ करोड ९२ लाख ७२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै संस्थाको सञ्चालन नाफा ७६.४४% ले बढेर ४ करोड ७१ लख ३८ हजार पुगेको छ । 
संस्थाले निक्षेप ६८ करोड ४ लाख ८६ हजार रुपैयाँ संकलन गरि २ अर्व ४० करोड २४ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चक्ता पुँजी १३ करोड ११ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ८ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराव कर्जा ०.५७% रहेको छ भने प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०३ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: