×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले ल्यायो तीन नयाँ बचत खाता, ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा’ पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले ल्यायो तीन नयाँ बचत खाता, ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा’ पाइने

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले आइतबारबाट ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।
ग्राहकले १० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु. ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु. १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् । २० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् ।
बचत योजना अन्तर्गतका बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज(मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड र देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेकाकरिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ ।
बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने जनाइएको छ । यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी रु ५००/– बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधापनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथाभक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: