×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा, शाखा सञ्जाल ११४ पुग्यो

 चितवन

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शुक्रबारबाट चितवनको, हाकिम चोक उद्घाटन गरेको छ ।
उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् ।
शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, र समाजसेवीहरुको उपस्थिति रहेको थियो । चितवन हाकिम चोकको सहति मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा सञ्चालन गरेको जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: