×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुणस्तरहिन प्रमाणित भएको सिमेन्ट बेच्ने मुरारकाका कारण अफ्टयारोमा कुलमान, ४२ करोड रुपैयाँ बक्यौता नतिर्ने खेल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि बर्ष अघि देशको स्थिति यस्तो थियो कि अधिकांस समय बत्ति हुँदैनथियो । माफियाको चंगुलमा फसेको देशका कमिसनखोरहरुले जनतालाई अध्याँरोमा राखिरहेका थिए । त्यहि बेला नेपालीका लागि भगवान भएर आएका व्यक्ति हुन् कुलमान घिसिङ । जव उनी ठाउँमा पुगे, लोडसेडीङ चट्ट हरायो ।  तर देश अध्याँरोमा हुँदा देशलाई माफियाहरुले यसरीसम्म निचोरेर राखेका थिए कि जनता अँध्यारोमा बस्नु पर्थ्यो भने  व्यापारीका लागि भने नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनमार्फत चौविसै घण्टा विद्युत उपलब्ध गराउँथ्यो । विद्युत प्राधिकरणका केहि माफिया हाकिमहरुको मिलेमतोमा अध्याँरोको व्यापार हुन्थ्यो ।
कुलमानलाई यसरी अफ्ट्यारो पारे व्यापारीहरुले 
केहि व्यापारीको करोडौं रुपैयाँ महसुल बक्यौता बाँकी छ । उनीहरु मन्त्रीको सेटिङमा उक्त रकम नतिर्न लवीङ गरिरहेका छन् । यहि बेला कुलमानलाई घिसिङले अध्याँरो धन्दाको अरबौं महशुल उठाउन आनाकानी गरिरहेको आरोपसमेत लाग्न थालेको छ । जसका कारण घिसिङ अफ्ट्यारोमा परेका छन् । मन्त्रीहरुकै पावरका कारण त्यस्ता व्यापारीहरुलाई प्राधिकरणले पत्रसमेत पथाउना सकेको छैन । अत्ति भएपछि विद्युत महशुलका सम्बन्धमा सिमरा वितरण केन्द्र र भैरहवा वितरण केन्द्रले सम्बन्धित उद्योगहरुलाई पत्र काटेपछि विद्युत प्राधिकरणको  प्रधान कार्यालयदेखि मन्त्रालयमा समेत खैलाबैला मच्चिएको छ । र यसका कारण कुलमानलाई पुन: अफ्ट्यारोमा पार्ने प्रायोजित खेल सुरु भएको विश्लेषकहरु बताउँछन् ।  

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारकाको स्वामित्व रहेको अर्घाखाँची सिमेन्टले ४२ करोड महशुल बुझाउन बाँकी छ ।

कसले कति बुझाउन बाँकी ?
मुलुक चरम अन्धकारमा हुँदा अन्धकारको व्यापार गर्ने केहि ठुला व्यापारीहरुले महसुल तिर्न बाँकी छ । यसरी बढी रकम बुझाउन बाँकी हुनेमा व्यवसायी साहिल अग्रवालदेखि प्रवलजंग पाण्डेसम्म छन् । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारकाको स्वामित्व रहेको अर्घाखाँची सिमेन्टले ४२ करोड महशुल बुझाउन बाँकी छ । यो उद्योगले उत्पादन गरेको सिमेन्ट पटक पटक गुणस्तरहिन भएको प्रमाणित गरिएको पत्र अर्थ सरोकार डटकमले यसअघि नै पनि सार्वजनिक गरिदिएको थियो । तर सबैतिर सेटिङका कारण अझै पनि सिमेन्ट उत्पादन गर्न छोडिएको छैन । बजारमा यो सिमेन्टको माग आधाभन्दा बढी घटीसकेको छ । जनताले अर्घाखाँची सिमेन्ट भनेपछि, ‘नाइ’ भन्न थालिसकेका छन् । तर त्यहि उद्योगका नाममा देश अध्याँरोमा भएका बेला चलाइएको बिजुलीको महसुल तिरिएको छैन ।  यता दाङको घोराहीमा रहेको सम्राट सिमेन्ट उद्योगले साँढे ६ करोड रुपैयाँ बुझाउन अटेरी गरेको छ । पटक पटक कर छली काण्डमा परेको मिर्चैयास्थित विश्व गोयलको मारुती सिमेन्ट उद्योगले ६० करोड रुपैयाँ बुझाउन अटेरी गरिरहेको छ । त्यस्तै धनुषा स्थित एभरेष्ट पेपर मिलले १३ करोड र  रोल्पा सिमेन्टले ३ करोड रुपैयाँ,  सोनापुर सिमेन्टले ४० करोड रुपैयाँ, त्रिवेणी स्पिनिङले ३० करोड रुपैयाँ महशुल बुझाउन बाँकी छ ।
हेर्नुहोस्, अर्घाखाँची सिमेन्टबारे अर्थ सरोकारले गरेको निरन्तरको फलोअप :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: