नेपाल बङ्गलादेशल बैंकको 'सीएसआर': 'टिच फर नेपाल'लाई १० लाख आर्थिक सहयोग

काठमाडौँ - नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाल Teach for Nepal काठमाडौँलाई १० लाखकोे रुपैयाँ सहयोग गरेको छ । सोमबार बैंकको तर्फबाट कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिहँ र टिच फर नेपाल काठमाडौंको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले उक्त सहयोग सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

सो रकम संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अध्यापन गराउनको लागि खर्च गर्नेछ । ति यूवाहरुले गा्रमीण समुदायका वालवालिकालाई गुणस्तरीय रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु को शिक्षा प्रदान गर्नेछन् ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेको छ । उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य बैंकले लिएको छ । । साथै आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको पनि जनाएको छ ।
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal