×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुमार्गीले किनेको दामभन्दा ४ गुणा बढी तिरेर एनबि बैंकले सुमार्गीको जग्गा किन्यो, मिलेमतो भन्दै राष्ट्र बैंकमा उजुरी ! (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनेकौं विवाद र एक सञ्चालकको असन्तुष्टिका बीच अजय सुमार्गीको कम्पनी मुक्तिश्री कम्पनीको जग्गा नेपाल बंगलादेश बैंकले ९५ करोड रुपैयाँ तिरेर किनेको छ । सुमार्गीले प्रति आना २० लाख रुपैयाँमा किनेको जग्गा  ४ गुणा बढी मूल्य तिरेर नेपाल बंगलादेश बैंकले प्रति आना ७८ लाख रुपैयाँका दरले किनेको हो ।
कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर अर्थात ७.५६ रोपनी जग्गा बिक्री गरिएको हो। बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारी गरिसकिएको छ । 
कर्पोरेट भवन निर्माणका लागि बैंकले उक्त जग्गा किनेको बताइएको छ । सुमार्गीले महँगो मूल्यमा बिक्री गर्न लागेकोले किन्न नहुने सञ्चालकहरुको दावी थियो । यहि केसमा बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानालाई घोटाला गरेको आरोप पनि लागेको छ । यहि प्रकरणलाई लिएर नेपाल राष्ट्र बैंकमा समेत केहि दिन अगाडी नै उजुरी परेको छ । उक्त उजुरीमा घोटाला भएकोले कारवाहीको माग गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: