नाडेप लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत


काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । बुधबार संस्थाको १६ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले गत मंसिर २३ देखि पुस २९ गतेसम्म बिक्री गरेको १००% हकप्रद अहिले सूचीकरण गराएको हो । नाडेपले हकप्रद बिक्री गरी चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुर्याएको छ ।
प्रकाशित : Wednesday, April 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal