×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ – नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता भएको हो । सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरे ।
सम्झौता पछि एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एपको संरचनाबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।
साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: