×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ५४.२८% वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ५४.२८% ले बढोत्तरी गरेर ९ करोड २७ लाख २४ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५१.५३% र ५४.२८% वृद्धि गरेको छ । संस्थाले गत वर्ष  १२ करोड १३ लाख ८ हजार रुपैयाँ रहेकोमा अहिले बढाएर १८ करोड ३८ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि  ९ करोड ४४ लाख ४२ हजार रुपैयाँबाट बढेर १४ करोड ५७ लाख १० हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
नेसनलले १ अर्ब १२ करोड १७ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४७ करोड ९३ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  संस्थाको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड २२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराब कर्जा १.५७% रहेको छ भने प्रतिसेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: