×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंक उकालो लाग्न असफल, खुद नाफा १२.५४% ले गिरावट

काठमाडौं – नेपाल बैंकले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले खुद नाफा २ अर्ब २४ कारोड ५५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १२.५४% ले कम हो । गत वर्ष बैंकले २ अर्ब ५६ करोड ७७ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 
बैंकको खुद ब्याज आम्दानी ३.७३% ले बढेको छ । गत वर्ष ४ अर्ब ५५ करोड ५१ लाख ७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ४ अर्ब ७२ करोड ५२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा १३.६३% ले घटेको छ । यो वर्ष सञ्चालन नाफा ३ अर्ब १२ कारोड ३३ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ अर्ब ६१ करोड ६६ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
यो तेश्रो त्रैमाससम्म आउँदा बैंकले १ खर्ब ५ अर्ब ६३ करोड २६ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब १९ करोड १२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष गत वर्षको तुलनामा २.४७% ले वृद्धि भएको छ । 
साथै, खुद नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १२ रुपैयाँ ५ पैसाले घटेर ३० रुपैयाँ ५२ पैसामा आएको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ ३०४ रुपैयाँ ४७ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: