नेपाल इन्सुरेन्सको ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन, कहाँ जाने भर्न ?

रिमाइन्डर :
कम्पनी : नेपाल इन्सुरेन्स कम्पनी लि.
खुला भएको मिति : मंगलबार, फागुन २१ गते
कित्ता : ४० लाख १४ हजार ६५१.५८ कित्ता
अन्तिम मिति : सोमबार, चैत्र २५ गते

विवरण :
नेपाल इन्सुरेन्सको ६५% हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ः०.६५ अनुपातको ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो  । उक्त हकप्रदमा माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । 

आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटल
नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ८६ पैसा 
प्रतिसेयर नेटवर्थ : १८१ रुपैयाँ ५४ पैसा
प्रकाशित : Sunday, April 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal