×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै १५ अर्ब रुपैयाँ बजारमा पठाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) १५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी बैंकले जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । वैशाख १८ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५% तोकिएको छ ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: