×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३२.१७% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३२.१७% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३२.१७%ले वृद्धि गरि ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ३९ लाख ९१ हजार ५१ रुपैयाँ खुद नाफा कमाएको थियो । 
निर्धनको खुद ब्याज आम्दानी २२.१३% ले बढेर १ अर्ब १५ करोड ६० लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९४ करोड ६५ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, संस्थाले सञ्चालन नाफा ४२.८५% ले बढाएर ८१ करोड ६५ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ५७ करोड १३ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १० अर्ब २७ करोड ५२ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेर १८ अर्ब ५५ करोड ४० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस अवधिमा जगेडा कोष २८.२०% ले बढाएर १ अर्ब ३८ करोड ७६ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाको खराव कर्जा १.१३% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४ पैसाले बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २२ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २३ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: