×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकको खुद नाफा ३०.४५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकको खुद नाफा ३०.४५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्ष भन्दा ३०.४५% ले धेरै हो । गत वर्ष बैंकले २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले  खुद ब्याज आम्दानी ४४.४३% बढोत्तरी गरेर ७७ करोड ९४ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा पनि ३३.६६% बढाएर ५४ करोड ३ लाख ९६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । यता बैंकले चैत मसान्तसम्ममा निक्षेप २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ  संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । जगेडा कोषमा ६९.५३% वृद्धि भएर १ अर्ब १५ करोड १२ लाख १ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको खराब कर्जा ०.८२% बाट बढेर ०.९५% पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: