×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकद्धारा मन्दिर पुनः निर्माणका लागि आर्थिक सहयोग

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिर पुन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले १ लाख ११ हजार १ सय ११ को चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले विश्वास लिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: