×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

काठमाडौँ – नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी बिहीबार एक कार्यक्रमका बीच सम्झौतामा भएको छ ।
संझौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याउने छ ।
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा बृद्धि हुन जाने बिश्वास लिईएको छ ।
बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रकाउद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलनप्रक्रियामापनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: