प्रभु बैंकको चेतना बचत खाता सञ्चालनमा, वार्षिक ५ प्रतिशत व्याज पाइने

काठमाडौं - प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो ।

“प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाट नेपाल सरकारको यो अभियानको सफल कार्यान्वयन हुने तथा ग्राहकहरुले प्रभु चेतना बचत खाता खोली लाभ प्राप्त गर्न बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal