×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम लाइफ इन्सुरेन्सले गर्यो प्रगति, खुद नाफा १४.३४% ले वृद्धि

काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १४.३४% ले बढी हो ।  गत वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क पनि २८.५३% ले बढेर १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क १ अर्ब ४५ करोड ५१ लाख ४८ हजार रुपैयाँ थियो । कम्पनीले यस त्रैमाससम्ममा कुल ३४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने  १ करोड ४८ लाख ३७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रहेको छ ।
यता, प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा पुँजी ६१ करोड २ लाख रुपैयाँ मात्र थियो । रिजर्भ कोषमा १७.१६% ले सुधार भएर १ अर्ब ११ करोड ९ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ । 
यस्तै, जीवन बिमा कोष पनि ३६.१६% वृद्धि हुँदै ८ अर्ब १४ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्राइम लाइफको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: