×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ आउँदै, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : रसुवागढी हाइड्रोपावर कम्पनी 
खुला भएको मिति : शुक्रबार (वैशाख ६ गते)
भर्ने अन्तिम मिति :  वैशाख १० गते
कित्ता : १ करोड २ लाख ६३ हजार १५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
विवरण : 
रसुवागढी हाइड्रोपावर कम्पनीको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ शुक्रबारदेखि खुल्ला हुने भएको छ । खुल्ला भएको आइपिओमध्ये ४% (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५% (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ ।
यस आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
जारी पुँजी : ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ

आइपीओ बिक्रीपछि चुक्ता पुँजी : ६ अर्ब १५ करोड रुपैयाँ पुग्ने

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: