×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको खुद नाफा ५५.५७% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

रिलायन्स फाइनान्सको खुद नाफा ५५.५७% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा २ करोड ७१ लाख ३६ हजार रुपैयाँ  कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५५.५७% ले धेरै हो । फाइनान्सले गत वर्ष १ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी ३३.४०% ले बढेर १३ करोड ५२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले १० करोड १४ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । फाइनान्सले सञ्चालन नाफा ४ करोड ३ लाख १२ हजार रुपैयाँ पुर्याएको छ ।
फाइनान्सले निक्षेप ३ अर्व ८१ करोड ७६ लाख ५ हजार रुपैयाँ संकलन गरि ३ अर्व ४६ करोड ७९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको चक्ता पुँजी ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड २८ लाख २८ हजार रुपैयाँमा जम्मा गरेको छ । गत वर्ष फाइनान्सले २५ करोड १३ लाख ७९ हजार रुपैयाँ जगेडा कोषमा राखेको थियो । 
रिलायन्सको खराव कर्जा ३.४३% रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: