पैसा ठिक पार्नुहोस् है ! सबैको लघुवित्तको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !


काठमाडौं - आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारी गर्ने अनुमति लिन कम्पनी धितोपत्र बोर्ड पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो । संस्थाले बोर्डसँग ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो। संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री अनुमति मागेको हो ।

संस्थाको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटले गर्ने भएको छ । यस लघुवित्तको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । 

यसको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal