×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहारा विकास बैंकको चम्किलो प्रगति, खुद नाफा ५०.२८% ले वृद्धि (अन्य विवरणसहित)

काठमाडौं – सहारा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ५०.२८% बढोत्तरी गरी २ करोड ६ लाख ७५ हजार रुपैयाँ कमाएको छ ।  गत वर्ष बैंकले १ करोड ३७ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि १५.३७% ले बढेर २ करोड ९१ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ करोड ५२ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ४५.४२%  वृद्धि गरी  २ करोड ६ हजार रुपैयाँँ पुर्याएको छ । 
यो त्रैमाससम्ममा बैंकले ६२ करोड २२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४१ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । हाल बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ३७ लाख ५८ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.१९%  रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९१ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: