सहयोगी विकास बैंकको खुद नाफा ७.७६% ले घट्यो, यस्तो छ अन्य सूचकको अवस्था


काठमाडौं - सहयोगी विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा ७.७६% ले गिरावट आएको छ । गत वर्ष ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ खुद नाफाबाट घटेर अहिले ७ करोड ४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । 

यता, बैंकको खुद ब्याज आम्दानीमा पनि २.६२% ले घटे छ ।  गत वर्ष १५ करोड ४७ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानीबाट घटेर १५ करोड ७ लाख १० हजार रुपैयाँमा सिमित रहेको छ । सञ्चालन नाफा भने १.६१% ले बढेर ७ करोड ८९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ७ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

यो तेश्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ८५ करोड २ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ७ करोड ८९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष गत वर्षको तुलनामा ९.१२% ले बढेर ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

 बैंकको खराव कर्जा १.६९% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा र नेटवर्थ १३८ रुपैयाँ ९३ पैसा छ ।
प्रकाशित मिति : Friday, April 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal