×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका खाँडागाउँका बासिन्दाहरुलाई सहयोग गरेको छ । आगलागी पिडित भएका ८७ घर परिवारका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पिडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई ५० हजारका दरले छात्रवृत्ती प्रदान गरेको छ ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्ने बैंकले जनाएको छ ।
यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: