×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३०.७५% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १ अर्ब ५७ करोड ५३ लाख २२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्सको तुलनामा ३०.७५% ले धेरै हो । गत वर्ष बैंकले खुद नाफा १ अर्ब २० करोड ४७ लाख ७६ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । 
बैंकले खुद ब्याज आम्दानी ३९.४७% ले बढोत्तरी गरि २ अर्ब ९१ करोड ९८ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले २ अर्ब ९ करोड ३४ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि २९.१०% ले वृद्धि गरेको छ । गत वर्ष १ अर्ब ७३ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको सञ्चालन नाफा बढाएर २ अर्ब २४ करोड २५ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । 
चैत मसान्त सम्म बैंकले ८५ अर्ब २६ करोड ९२ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब १३ करोड ५७ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ९ करोड ८७ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ 
बैंकले प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३१ पैसाले बढाए २६ रुपैयाँ ५२ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दानी गत वर्ष २० रुपैयाँ २१ पैसा थियो । बैंकको प्रतिसेयर नटवर्थ भने १४० रुपैयाँ ३२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: