सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा ९.०५% वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ९.०५% ले बढेर २ करोड २६ लाख ८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष  बैंकले २ कारोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २७.१९% ले बढेको छ ।  गत वर्ष ७ करोड ८ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले बढाएर ९ करोड १ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा भने ६०.३७% ले घटेर  ७० लाख २० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यो तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ६५ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ करोड ६ लाख ८ हजार रुपैयाँमा रहेको छ ।

यता, खराब कर्जा भने १.६८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ ।
प्रकाशित मिति : Monday, April 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal